नेपाली काङ्ग्रेस सिन्धुलीका १३ वटा भातृ संगठनले आज सिन्धुलीमा र्‍यालीसहित बिरोध प्रदर्शन गरेका छन् । प्रतिनिधि सथा बिघटनबिरुद्ध भातृ संगठनले ७७ वटै जिल्लामा बिरोध प्रदर्शन गर्न कार्यतालिका अनुसार सिन्धुलीमा पनि बिरोध प्रदर्शन गरेका हुन् ।

बिरोध र्‍याली नेपाली काङ्ग्रेसको पार्टी कार्यलयबाट सुरु भई धुराबजार, बसपार्क, हुँदै २ नं बजार पुछारबाट फर्किएर बसपार्कको चौतारामा कोणसभामा परिणत भएको कमलामाई नगरपालिका ४ का वडा अध्यक्ष महेन्द्र प्रसाद ढकालले जानकारी दिनुभयो ।

महिला संघ सिन्धुलीका अध्यक्ष गंगा दाहालको अध्यक्षता तथा नेपाली काङ्ग्रेस केन्द्रीय सदस्य तथा पूर्व मन्त्री यनसी साउदको प्रमुख आतिथ्यतामा भएको बिरोध सभामा नेपाली काङ्ग्रेस सिन्धुलीका सभापति उज्वल प्रसाद बराल, काङ्ग्रेसका नेता माणिक ढकाल, लगाायतका जिल्ला भरका ३ हजारभन्दा बढी कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

बिरोध सभालाई सम्बोधन गर्नुहुँदै नेपाली काङ्ग्रेस केन्द्रीय सदस्य तथा पूर्व मन्त्री यनसि साउदले जनताले ल्याएको संविधानलाई प्रधानमन्त्रीको अधिकारमा नभएको बल प्रयोग गरेर प्रतिनिधिसभा बिघटन गरेको बताउनु भयो । जनताले ठूलो राजस्व खर्च गरेर ५ वर्षका लागि प्रतिनिधि पठाएका थिए। जसलाई नेकपाका नेताहरुले आपसमा झगडा गरेर ब्यक्तिगत स्वार्थका लागि प्रतिनिधि सभा बिघटन गर्न सम्म स्थिती पुर्‍याएको उहाँले आरोप लगााउनु भयो । नेपाली काङ्ग्रेसले अदालतले गरेको फैसलाको स्वागत गर्ने बताउँदै उहाँले नेपाली काङ्ग्रेस सत्ताको लालचमा नरहेको दाबि गर्नु भएको छ । नेपाली काङ्ग्रेस संविधान लक्षित रहेकाले चुनाबमा जाने फैसला भएमा जनता माझ जाने पनि उहाँले बताउनु भयो । बिरोध र्‍यालिमा प्रतिनिधि सभा बिघटन खारेज गर,ओलि सरकार मुर्दाबाद, लगाायतको नारा लगाएका थिए ।