काठमाडौं । माघ ११ गते आइतबार (आज) देखि शेयर कारोबारमा टि प्लस टु लागू (कारोबारको राफसाफ तथा फछर्यौट कारोबार भएको दिन बाहेक दुई कार्य दिन भित्र) हुने भएको छ।
जसमा धितोपत्र बिक्री कारोबार गर्ने लगानीकर्ताले आफुले बिक्री गरेको धितोपत्रको राफसाफ तथा फछर्यौछका लागि ईडिआईएस जारी गर्दा टि प्लस वान (कारोबार भएको भोलिपल्ट) जारी गरिसक्नु पर्नेछ। ईडिआइएस जारी गर्न नसक्ने लगानीकर्ताले टि प्लस १ भित्र भौतिक निर्देशन पूर्जी जारी गरी सम्बन्धित निक्षेप सदस्य (डिपी) मा बुझाउनु पर्ने हुन्छ ।
त्यसै, धितोपत्र खरिद गरेका लगानीकर्ताहरुले आफुले खरिद गरेको धितोपत्रको रकम सम्बन्धित राफसाफ सदस्यलाई टि प्लस वान (कारोबार भएको मितिको भोलिपल्ट) मै बुझाउनु पर्ने व्यवस्था रहेको छ।

