काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सको आइपीओ शुक्रबार बाँडफाँट हुने भएको छ । कम्पनीको बिक्री प्रबन्धक सिद्धार्थ क्यपिटलका अनुसार शुक्रबार आइपीओ बाँडफाँड हुने जनाएको छ ।
कम्पनीले गत मंसिर २९ गतेदेखि पुस २ गते सम्म सर्वसाधारणको लागि ५४ लाख कित्ता शेयर निष्काशन गरेको थियो । जसमा, १० लाख ८२ हजार १४३ जनाले २ करोड ९२ लाख ८७ हजार ४३० कित्ताका लागि आवेदन दिएका छन् । जुन मागको तुलनामा ५.४२ गुणा बढी हो ।
कम्पनीले सर्वसाधारणलाई बिक्री खुला गरेको ५४ लाख कित्तालाई आधार मान्दा ५ लाख ४० हजार जना आवेदकले १० कित्ताका दरले शेयर पाउने छन् भने ५ लाख ४२ हजार १४३ जना को हाल खाली हुने भएको छ ।

