काठमाडौं। रुसले युक्रेनमा सैन्य कारबाही सुरु गर्ने घोषणा गरेको बिबिसीले जनाएको छ। एक टेलिभिजनमा भ्लादिमिर पुटिनले सम्बोधन गर्दै शैन्य कारबाही सुरु गरेको जनाएको हो।
संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदमा युक्रेन संकटबारे छलफल चलिरहेको बेला रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले डोनबास क्षेत्रमा विशेष सैन्य अभियान सुरु भएको घोषणा गरेका हुन् । पुटिनको घोषणासँगै राजधानी किभ, डोनेट्स्क र लहान्सक क्षेत्रमा ठूला विष्फोटको आवाज सुनिएको बीबीसीले जनाएको छ।
डोनेट्स्क र लुहान्सकलाई रुसले स्वतन्त्र राज्यको मान्यता दिइसकेको छ ।