काठमाडौं । पछिल्लो सयम निरन्तर आईपीओ आइरेका छन् । आजदेखि भर्न सकिने गरेर राम्रो कम्पनी राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाको आईपीओ खुलेको छ ।

कम्पनीले प्रतिकित्ता १ सय रुपैया ङ्कित मूल्यमा ८ करोड ५० लाख मूल्य बराबरको ८ लाख ५० हजार कित्ता प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ) को बिक्री खुला गरेको हो ।

५ प्रतिशत अर्थात् ४२ हजार ५ सय कित्ता सामूहिक लगानी कोषलाई र जारी पूँजीको शून्य दशमलव पाँच प्रतिशत अर्थात् १३ हजार कित्ता सेयर कर्मचारीलाई सुरक्षित गरी बाँकी रहने ७ लाख ९५ हजार ५ सय कित्ता सेयर आजबाट सर्वसाधारणले भर्न पाउँने छन् ।

आईपीआ भर्ने सयम फागुन ८ गतेसम्म रहेको छ । भने थोरैमा १० कित्तादेखि धेरैमा १ हजार कित्तासम्मका लागि आवेदन दिन सकिने छ । मेरोसेयर लगायत अन्य प्रक्रियाबाट सेयर भर्न सकिन्छ ।