-सागर कार्की

परिवर्तनको विगुल फुकेर आन्दोलनमा राँको र झन्डा बोकेर अप्ठ्यारो राजनीतिकमा पार्टीलाई सुरक्षा कवज प्रदान गर्ने युवा पुस्ता, पार्टी जोगाउने युवा पुस्ता, जब नेतृत्व लिने र जिम्मेवारी प्रदान गर्ने अवस्था आउँछ तब अनेक किसिमका असक्षमका पगरी भिराएर नेतृत्वबाट वञ्चित गराउने प्रवृत्ति नेकपा एमालेमा मात्र हैन प्राय मुख्य राजनीति दलहरू सबैमा मौलाएको थियोे र छ पनि। परिवर्तन नचाहने, नेतृत्व हस्तान्तरण नचाहने र सत्ता र नेतृत्व सदैव आफ्नो अधीनमा राख्दै गुठगत, चाप्लुसी र कृपावादबाट जिम्मेवारी दिने र पार्टी सञ्चालन गर्ने प्रवृत्ति  हरेक राजनीतिक दलमा हावी नै थियोे र अझै छ।

समय परिवर्तनशिल छ। परिवर्तन विज्ञानको नियम हो। परिवर्तन र रुपान्तरण नै समृद्धिका आधारभुत सिद्धात हो । सोही सिद्धातलाई पछ्याउँदै यथास्थितिवाद र सङ्किर्र्ण जमात लाई गतिलो प्रहार गर्दै लोकतान्त्रिक विधिबाट युवाहरू जबरजस्त रुपमा नेकपा एमाले सिन्धुलीको सातौँ जिल्ला अधिवेशनबाट राजनीतिको मुल गोरेटोमा प्रवेश गर्न सफल भएका छ्न्।

युवा हरू को यो सक्रिय सहभागीताले यथास्थिति वादीहरूलाई भने सहज निन्द्रा लागेको पक्कै छैन। प्रमाण अनुरुप युवा पुस्ताको सहभागीतालाई आलोकाँचोको पगरी भिराएर भोलीको दिनमा पार्टीको भविष्यप्रतिको प्रश्नहरू तेर्साएर ऐठनका भावहरू प्रस्तुत गरेको कुरामा युवापुस्ता जानकार नै छन् भन्ने लाग्छ ।

तसर्थ, आज जिम्मेवारीले युवाहरूको काँध भरिएको छ। चुनैतिले बाटोहरू अप्ठ्यारो बनाउने नै छ। साथै रुपान्तरण र समृद्धिले अवसरको ढाेका खोलेर पुष्प गुच्छाले स्वागत गर्न आतुर छ। 
यसर्थ युवाहरू अब अरुलाई दोस देखाएर, आनाकानी गरेर कुनै पनि किसिमका बहानाबाजिमा लुक्नु र भाग्न पाउने अवस्था छैन। हिजो अरुलाई तेर्स्याएको प्रश्नले भोली यो पुस्तालाई पनि तेर्स्याउनु पर्‍यो भने युवा सहभागिता फगत नारा र कागजी मात्र रहेछ भन्ने कुरा प्रमाणित नै हुनेछ र यथास्थितिवादी लाई गतिलो नारा बन्ने पक्का छ। 

भोलीको सुन्दर दिनको कल्पना र समृद्धिको कुरा अब नारा र भाषणमा मात्रै हैन व्यबहार मै रुपरेखा कोरेर योजना अनुरुप लाग्नुको विक्ल्प छैन। स्थानीय निकाय, प्रदेश शभा र संघीय निर्वाचन अत्यन्त समुख मा छ। जुन सत्ता परिवर्तन को मेरुदण्ड हो। समृद्धिको कार्यान्वयनकर्ता हो। भविष्य र वर्तमानको आधारशिला हो।

यसर्थ पनि अब हाम्रा नाराहरूलाई साँच्चै कार्यान्वयन गर्ने हो भने, युवाहरूको उपस्थितिलाई सार्थक बनाउने हो भने, समुख मै रहेका तीनै तहको निर्वाचनमा अहिलेकै युवा पुस्ताका मुद्दा र नेतृत्व को ग्यारेन्टी गर्नु को विक्ल्प छैन।

समस्या र चुनौती अथाह छ्न्:

१) बेरोजगारी 
२) अवैज्ञानिक विकास 
३) ऋणात्मक अर्थतन्त्र 
४) भ्रष्टाचारको बिकराल रुप 
५) राजनीतिक तिक्तता र जनमानस राजनीति प्रति नकारात्मक सोच 
६ ) वैदेशिक हस्तक्षेप । आदि

यस्तो गम्भीर अव्यवस्थामा हामी आफ्नो दैनिकी बिताउन बाध्य छौँ । यी समस्याका बुँदाहरूको उचित समाधानको कार्यान्वयन गरेर साँच्चै देशलाई मागी खाने बाट गरी खानेमा रुपान्तरण गर्ने हो भने युवा पुस्ताको हातमा तीनै तहको सरकारको नेतृत्व हुन अत्यन्त जरुरी छ। साझा एजेन्डा हुन जरुरी छ। साझा कार्यक्रम हुन जरुरी छ। साझा योजना हुन जरुरी छ। तसर्थ युवा पुस्ता अझै गोलबन्द हुनुहोस्, परिवर्तनको हिमायती बन्न अग्रसर हुनुहोस्,समृद्धिको नेतृत्व लिन तयार हुनुहोस् भविस्य उज्ज्वल छ।

यदि हामी अहिले नै सबैकुरा प्राप्ति भयो जित नै यही हो भनेर मात्रै बस्ने हो भने अव्यवस्था गम्भीर हुनेछ हामी माथीका आशा र भरोसा सकिनेछ। हिजो हामीले गरेको प्रश्नले फेरी हामीलाइ नै घेर्ने छ।जङ्गलमा बथानबाट अलग्याएर एक एक गर्दै सिकार गरे झैँ यथास्थितिवादी हरूको जालोमा सिकार बन्ने निश्चित छ। तसर्थ, साथीहरू गम्भीर बनौँ, हातेमालो गरौँ, हामी गर्न सक्छौ परिवर्तनको नेतृत्व! हामी गर्न सक्छौँ समृद्धि को नेतृत्व ! आफूमा विश्वास गरौँ  हाम्रो पुस्तालाई सफलताको मेरुदण्ड भनेर प्रमाणित गरौँ।

(लेखक कार्की अनेरास्ववियु बागमती प्रदेश कमिटी सदस्य र नेकपा एमाले जिल्ला कमिटी सदस्य हुन्।)