-सुदीप पोख्रेल

नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशन भब्य तरिकाले चितवनको नारायणी नदिको किनारमा  उद्घाटन सत्र समापन भएपछी विभिन्न पत्र पत्रीका, टेलिभिजन र सञ्चारमाध्यमहरुमा भिन्न-भिन्न किसिमका टिक्का टिप्पणीहरु लेख्न सुन्न र पढ्न पाइएको छ।

एमाले र केपी ओलीको विरुद्धमा लेखेर नथाक्ने, एमाले र ओलीलाई सरापेर  गाली गरेर आनन्दको महसुस गर्ने अनलाईन खबरले खिचेका दृश्यहरु जहाँ एमालेका कार्यकर्ताहरु अन्त सबै ठाउँ भरिएपछि नारायणी नदीको पुलमा समेत बसेर महाधिवेसनको आनन्द लिइरहेका थिए। 

आगोले कति पोल्थ्यो  होला र ! प्यासले कति  खरो हुन्थ्यो होला त्यो भन्दा बढी जलन भएछ अनलाइन खबरलाई ओली र एमाले विरुद्द यत्रो बिष बमन र समुन्द्र मन्थन गराउँदा पनि आफ्ना सबै मिसन विफल भएको दृश्य आफै कैद गर्दा।

केही पदहरुमा सर्वसहमतिमा नेतृत्व चयन भयो, लोकतान्त्रिक मूल्य मान्यता र जनताको बहुदलीय जनवादलाई अगाल्ने पार्टीभित्र यस्तो अभ्यास हुनु, नेपाली राजनितिक दलहरुले स्वकार गर्दै आयको प्रजातान्त्रिक लोकतन्त्रको लागि  अत्यन्तै सुखद समचार पनि हो !, तर सर्वसहमतिका नाममा नेतृत्व चयन गर्दा वास्तविक सङ्गठन विस्तारकहरु, पार्टीको   निर्णय र  जिम्मेवारीलाई  सदैव आत्मासाथ गर्नेहरु, जनहितमा सर्वोपरि कार्य सम्पादन गर्नेहरुलाई कतै कतै ओझेलमा पारेर माथिल्लो तहको नेतृत्व गर्ने नेताको मनोमानी भएको दृश्यहरुको झलक पनि देखियो !! यसका कारक तत्वहर अहिलेको टड्कारो समस्यामा देखापरेको आर्थिक प्रलोभन, निकट भविस्यमा पाउन सकिने पदिय जिम्मेवारी, नातावाद, कृपावाद, मौलाउदै गयको दलाल पुजीवादी चरीत्र, एवम भौतिक दादागिरी जस्ता अराजक र उत्तेजित गतिविधिहरु भएको पाइन्छ ।

करिब एक महिना अघि गोदावरीमा सम्पन्न भएको बिधान महाधिवेशनले नेताहरुको कार्यकारी पदमा रहने उमेरको  हकबन्धी  बर्ष ७० बिधिवत रुपमा पारित गरेसँगै अहिले १० औँ महाधिवेशनमा ६५ काटेका वृद्ध नेताहरुको ब्यबस्थापनमा निकै हम्मे हम्मे परेको देखियो जसको फलस्वरूप यो महाधिवेशनमा युवाहरुको तर्फबाट प्रतिनिधित्व गर्नेहरको सङ्ख्यामा भारी गिरावट आयको छ , जसको कारण नवौ महाधिवेशनमा चुनिएका नेताहरुको वर्चस्व रहनेगरी सहमती र निर्वाचन भयो । 

कसैले आफ्नो कार्यकुशलता , क्षमता र दक्षता / योग्यता अनुसारको पदको चाहना राख्दछ भने सहमति नामको बाहिरी आवरण नामाकरण गरेर बिना बिभागिय बनाइनु खतराको सङ्केत पनि हुन जान्छ , जस्को प्रभाव अब उत्पादन हुँदै गरेका वा अब  उत्पादन हुने राजनितीक पुस्ताहरुमा निर्वाचनको माध्यमबाट आ-आफ्नो दक्षता, क्षमता र (का. स .मु ) कार्य सम्पादन मुल्यांकनलाई  चेक जाच गर्ने सुनौलो अवसरबाट सदैव टाढा रहेर तानाशाह प्रवृत्तिको हावी हुन  सक्छ यस्ता किसिमका हिमायती निर्णयहरुले राजनेता बन्नको लागि जनता, राष्ट्र र राष्ट्रियता, सामाजिक न्याय, वर्गीय सङ्घर्ष,  सुशासन, समावेशीता र समतामूलक समाज निर्माण र पार्टीको हितमा अग्रणि भुमिका खेल्ने भन्दापनि नेताकै परिक्रमा  गर्ने तर्फ अवको राजनितक पुस्ताको ध्यानाकर्षण हुन सक्छ तसर्थ उन्नत सहमती र स्वास्थ निर्वाचन प्रणालीलाई सदैव आत्मासाथ गर्न सक्नु नै कम्युनिस्ट आन्दोलनबाट प्राप्त उपलब्धि एवम जिम्मेवारी प्रतिको बफादारि र जनताको बहुदलीय जनवाद प्रतिको सच्चाइ हुन सक्छ । तसर्थ नेतृत्व फेरियो कि फेरियन भन्ने कुरालाई ठूलो बनायर उठान गर्नु भन्दा पनि पार्टीले अवलम्बन र आत्मासाथ गरेको निर्णयमा नेतृत्व उत्तरदायी र जिम्मेवारी छ कि छैन ?? नेतृत्वको व्यबहार, आचरण र क्रियाकलापहरु फेरियो कि फेरियन भन्ने चाहिँ प्रमुख पक्ष हुन सक्छ त्यसैले वर्तमानमा ठुलै पद हाता लियर नेता  बन्न र भन्न  लगाउने भन्दा पनि पदमा हुदा वा नहुदा सदैव सैधान्तिक, वैचारिक र नेतृत्वप्रती जवाफदेहि बन्न सिकाउने प्रवृत्तिको विकास गरिनु बुद्धिमानी हुन सक्छ ।

तसर्थ, यत्तिका चुनौती रहदा रहदै पनि नेकपा एमाले अध्यक्ष कामरेड केपी शर्मा ओलीले २०७७ पौष ५ पछिका ने.क.पा.का राजनीतिक घटनाक्रमहरुमा असहयोग गर्नेहरुलाई र नेकपा एमालेलाई छेदविच्छेद गर्न लागि परेकाहरुलाइ आफ्नो राजनितीक बाहुको प्रयोग गर्दै एउटा नमिठो झापड हान्नु भएको छ, थाहा छैन यो झापडको अन्तरध्वनिको प्रतिबिम्बित गुन्जयमान आवाजले इतिहासलाई  कहिले  सम्म झस्काइरहन्छ!! जस्को फलस्वरूप नेकपा एमालेको सिद्धांतलाई सिरोपर गरेर हिड्ने नेकपा एमालेका असली पहरेदारहरु ओझेलमा परेका छ्न । अत : माओवादी पृष्ठभूमिबाट आयर नेकपा एमालेमा उच्च सक्रियता देखाउनेहरु  सबै भारी मतले बिजयी भएका छ्न। नेकपा एमाले फुटको सङ्घारमा रहेको बेला एकीकृत समाजवादी बन्ने या एमालेमा रहने भनेर विचाराधिन भएका १० भाइ मध्ये उपाध्यक्षमा सबै भन्दा बडि मत प्रप्त गरी अष्टलक्ष्मी साक्य प्रथम र  सुरेन्द्र पाण्डे द्वितीय हुँदै सचिवमा गोकर्ण बिष्ट र योगेस भट्टराईले भारी मत प्रप्त गर्नु भयो। केपी ओलीले गरेको प्रस्तावमा बिमती राखेर अध्यक्षमा उम्मेद्बारी दिएका भिम रावल, उपाध्यक्षमा उम्मेद्बारी दिने घनश्याम भुसाल, सचिवमा उम्मेद्बारी दिने भिम आचार्य र टंक कार्की सबै पराजित भएसँगै नेकपा एमालेले  ११ औँ महाधिवेशनको लागि एकीकृत एमालेको सन्देश प्रवाह गरेको देखिन्छ ।

नेपाल कम्युनिस्ट पार्टी ( एमाले ) अन्तर पार्टी निर्देशन -२०७८- पुस १ सार्वजनिक भएसँगै वडा तथा पालिका अधिवेशन झैँ जिल्ला अधिवेशन देशैभर एकै दिन गर्ने गरी बैठकमा प्रस्तुत प्रस्ताव पारित भयो, सोही बमोजिम २०७८ पुस २३ मा करिब ६५ जिल्लामा एकसाथ जिल्ला अधिवेशन उद्घाटन गरियो कतिपय जिल्लाहरुमा सर्वसहमत नेतृत्व चयन भयो , कतिपयमा निर्वाचन भयोजे भएपनी लोकतान्त्रिक पद्धति मार्फत भयो भन्दै गर्दा जित हार स्वभाविक छ, एकै पदमा दुवैजानाले जित्न नमिल्ने हुन्छ ,तसर्थ जित्नेले घमण्ड नगरी थप जिम्मेवारको महसुस गर्दै उत्तरदायी बन्नु पर्ने देखिन्छ र पराजित हुनेले पनि अझ बडि सक्रिय राजनितिमा समावेश, जनतामाझ र कार्यकर्तामाझ असल कार्यक्रम लियर जानू पर्ने देखिन्छ ।हरेक समयमा एक प्रकारको तानाशाही जन्मन्छ ती तानाशाह "युवराजहरु " पार्टी सिद्धान्त नीति , बिधि पद्धति भन्दा माथि रहन खोज्छन् ,प्रवृत्तिगत अतिवादी हिमायतीहरुको जति जन्म भयो लगभग लगभग लोकतान्त्रिक चरित्रबाटै भयो होला , नभए हिटलरलाई हेर्नुस त । 

हुनत बाहिरी धरातलबाट देखियको सतहि दृष्टिकोण र वास्तविक कार्ययोजनामा फरक अवश्य पर्ला !! आखिर जे-जे होस नेकपा एमलेको आजको दिनसम्म गौरवपुर्ण गाथाले भरिएको इतिहासलाई जिवन्त तुल्याउन अझ बढी लोकप्रिय, जनसेवामैत्री, समृद्ध नेपाल र सुखी नेपालिका एजेन्डाहरु कार्यनयन गर्न सक्नु आजको अपरिहार्य आवश्यकता हो । अध्यक्ष कमरेड केपी शर्मा ओलीको कार्यकालमा आसन्न चुनावमा स्वास्थ प्रतिस्पर्धा गरेर नेकपा एमालेलाई पहिलो पार्टी बनायर सरकारमा सहभागी हुँदै समृद्ध नेपाल  र सुखी नेपालीका एजेन्डा र कार्यक्रमलाई विवादरहित ढंगबाट असल र सफल कार्यनयन गर्न सके मात्रै एमालेको लोकप्रियता बढेर जान सक्छ तसर्थ नारामा उल्लेख गरियको जस्तै  दक्षिणपन्थी अवसरवाद र अराजक सङ्गठन विस्तारवादलाई परास्त गर्दै दशौ महाधिवेशनमा सर्वसहमतिमा नेतृत्व लिनुहुने वा महाधिवेशन प्रतिनिधिहरुबाट निर्वाचित हुनु हुने सबै  पदाधिकारी कमरेडहरुलाई हार्दिक बधाई एवम सफल कार्यकालको शुभकामना भन्न चाहान्छु ! कमरेडहरुको नेतृत्वमा राष्ट्र , जनता र पार्टीले स्वणिम युगको अनुभुती गर्न पाओस् फेरि पनि सफल कार्यकालको शुभकामना ।

लेखक : पोख्रेल अनेरास्ववियु जिल्ला कमिटी दोलखाको सचिवालय सदस्य हुन्।