काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सले मंसिर २९ गते बाट आईपीओ निष्काशन गर्न लागेको छ। कम्पनीले सर्वसाधारणका लागि ६० लाख कित्ता आईपीओ निष्काशन गर्न लागेको हो ।
प्रमु लाइफ इन्स्योरेन्सले निष्काशन गर्न लागेको ६० करोड बराबरको ६० लाख कित्ता शेयरमध्ये ३ लाख कित्ता (५ प्रतिशत) शेयर कर्मचारीहरुलाई र ३ लाख कित्ता (५ प्रतिशत) सामूहिक लागनीकोषहरुलाई गरेर जम्मा १० प्रतिशत छुट्याएको छ भने बाँकी ५४ लाख कित्ता शेयरका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि ५००० कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।
कम्पनीको आईपिओमा मंसिर २९ गतेबाट पुस २ गतेसम्म छिटोमा र ढिलोमा पुस १३ गतेसम्म आवेदन दिन सकिने सिद्धार्थ क्यापिटलले जनाएको छ ।
कम्पनीले कुल जारी पूँजीको ३० प्रतिशत प्राथमिक शेयर जारी गर्न लागेको हो । हाल कम्पनीको चुक्ता पूँजी एक अर्ब ४० करोड रुपैयाँ छ। आईपीओ पछि कम्पनीको चुक्ता पूँजी २ अर्ब पुग्नेछ ।
इक्रा नेपालले इन्स्योरेन्सको आईपीओलाई इक्रा एनपी आईपीओ ग्रेड ४ रेटिङ प्रदान गरेको छ । ग्रेड ४ रेटिङले कम्पनीको आधारभूत पक्ष औषतभन्दा कमजोर रहेको संकेत गर्दछ ।

