काठमाडौं। साताको दोस्रो दिन आज (सोमबार) दोहोरो अङ्कले शेयर बजार उकालो लागेको छ। साताको कारोबार शुरु दिनदेखि उकालो लागेको नेप्से दोस्रो कारोबार दिन पनि कारोबार रकम सहित उकालो लागेको हो।
आज नेप्से परिसूचक १९.४३ अंक बढेर २७८४.९५ विन्दुमा पुगेको छ। नेप्सेको सेन्सेटिभ इण्डेक्स ३.१६ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.६३ अंक बढेको छ।
सोमबार २ सय ३६ कम्पनीको ७७ हजार १८३ पटकको कारोबारमा ७ अर्ब १२ करोड ३४ लाख २४ हजार रुपैयाँ बराबरको १ करोड ४२ लाख ८८ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
सोमबार तीन कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। मध्य भोटेकोशी जलविद्युत कम्पनी, युनियन हाइड्रोपावर र कर्पोरेट डेभलपमेन्ट बैंकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।
सोमबार प्रभु सेलेक्ट फण्डको इकाईमूल्य सर्वाधिक ३.१७ प्रतिशत घटेको छ। त्यसैगरी, चन्द्रागिरी हिल्स, कुमारी बैंक, नेपाल बङ्गलादेश बैंक, सेञ्चुरी कमर्सियल बैंक, आरएसडिसी लघुवित्त र सप्तकोशी डेभलपमेन्ट बैंकको शेयरमूल्य २ प्रतिशतभन्दा बढी घटेको छ।

