खाङसाङ। फिक्कल गाउँपालिकाले ५ करोड ८९ लाख ५० हजार ४९१ रुपैयाँ ६१ पैसा लागतमा मुख्य प्रशासनिक भवन निर्माणको शिलान्यास गरेको छ। बुधबार भवनको शिलान्यास पूर्व संघीय मामिला तथा सामान्य प्रसासन मन्त्री तथा नेकपा एमाले सिन्धुलीका जिल्ला ईन्चार्ज गणेश कुमार पहाडीले खाङसाङमा एक कार्यक्रमबीच शिलान्यास गरेका छन्।
पालिकाका इन्जिनयर सागर दुलालका अनुसार प्रशासकिय भवन निर्माणका लागि पालिकाले धुलिखेल निर्माण सेवा प्रा.लि. सँग मंसिर ३ गते सम्झौता गरेको छ। निर्माण कम्पनीले सम्झौता भएको १८ महिना भित्र भवन निर्माण सम्पन्न गर्नुपर्ने सम्झौता छ। गाउँपालिकाको मुख्य कार्यालयहरू एउटै भवन भित्र रहने गरी २७ कार्यकक्ष सहितको अत्याधुनिक भवन निर्माण गर्न लागिएको इन्जिनयर दुलालले बताए। उनका अनुसार भनव लम्बाई ११३ फिट, चौडाई ४८ फिट र उचाई ४६ फिटको हुने छ।
तस्विरमा हेरौँ फिक्कल गाउँपालिकाको शिलान्यास भएको प्रशासकिय भवन: