सिन्धुली ७ पुस । केराखेतीमा विबाद भएपछि १६ लाख लगानीमा लगाइएको केराखेति नै नष्ट हुने अबस्थामा पुगेको छ। सिन्धुलीको कमलामाई नगरपालिका ५ गैयाटारमा गिता कार्किले २०७६ साल बैशाख बाट जग्गा भाँडामा लिएर केराखेति सुरु गरेका थिए । बिगत ६ महिना बाट जग्गाधनि र केराखेति गर्ने कृषक गिताबीच विबाद भएपछि केराखेति बेवारिसे भएको छ।

केराका बोट सुक्दै गएका छन् । कमलामाई नगरपालिका ५ मधुटारमा बस्दै आएकी गिताले नगरको कृषिशाखा बाट १ लाख र डिमेगा सँस्थाबाट १ सय ५० थान केराको बोट अनुदान लिएर केराखेति सुरु गरेकी थिइन् । गैयाटारका राम्जि प्रसाद कोइरालाको १ बिघाहा जग्गा ९ वर्षको लागी सम्झौता गरी भाडामा लिएकी थिइन् । सम्झौता अनुसार सम्झौता गरेको वर्ष देखि ३ वर्ष ३० हजार र बाँकि वर्षमा १० प्रतिशतका दरले भाँडा बढ्दै जाने सम्झौता भएको थियो । गिताले उक्त जग्गामा १ हजार थान केरोको बोट लगाएकी थिइन् । उनले भनिन् “२ वर्षबाट केरा फल्न थाल्यो । केरो उत्पादन भएको पहिलो वर्षमा ३ लाख ६० हजार आम्दानी भयो । एकदिन जग्गाधनिको दाईको घरमा बस्ने मानिसलाई केराबारि भित्रको घाँस काट्न भनेकी थिए । जग्गा धनि कोइरालाले आफ्नो जग्गामा किन अरुलाई घाँस काट्न लगाएको भन्दै गालि गरे । मैले भने मैले ९ वर्षको लागी भनेर लिएको जग्गा हो कसलाई काट भन्ने कसलाई नकाट भन्ने तपाईलाई अधिकार छैन। ”त्यहाँबाटै जग्गाधनि र आफु बीच विबाद सुरु भएको गिताले बताइन् । मरो हरेक काममा बाधक बन्दै गए,जग्गाधनिले पानिको स्वुइच अफ गर्दिनी, केरा काट्न भनेर ब्यापारी लैजादा तेरो खुट्टा काट्दिन्छु भनेको गिताको आरोप रहेको छ। आफुलाई गाली बेइजती बारम्बार गरिरहने,९ वर्षसम्मका सम्झौता गरेर भाँडामा लिएको जग्गामा रहेको घर र गोठनैँ भोगचलन गर्ने पाउँने भने पनि जग्गाधनि कोइराला काठमाडौं बाट आउँदा एउटा कोठामा बस्न पाउँछु यो मेरो घर हो भन्दै ६ महिना बाट घर नछोडेकाले आफुले केरा खेति नै छोड्नुपर्ने बाध्यता भएको गिताको गुनासो रहेको छ । “ श्रीमान जागीरमा हुन्छन् । म एउटी महिला बाल बच्चा लिएर अरु पुरुष बसेको घरमा बस्न सक्दिन ।

त्यसै जग्गाधनिको श्रीमतीले मेरो श्रीमानलाई फकाएर काम गर्ने लागेको भन्ने आरोप लगाए । परीवारको सहमतीमा म सँग जग्गा सम्झौता गरेको हैन रहेछ । दिनदिनै जग्गामा टेक्न दिन्न ,मार्छु काट्छु भनेर गाली गर्ने गरे । केरा पाक्न लागेपछि भित्रभित्रैबाट केरा काटेर नि बेच्न थाले । १६ लाख लगानी लाएर केराखेति गरे । आज आएर आफैलाई असुरक्षित महशुस भएकाले म केराखेतीमा ६ महिना बाट नगएकी हुँ । ” केराखेतिबाट १ हजार बोट लगाएकोमा यो वर्षमा एउँटै गाँचमा ३ थान केरा हुर्काएकाले ३ हजार थान केरा नोक्सान हुँदा ९ लाख भन्दा बढिको क्षति भैसकेको गिताले बताइन् । अब त्यो केरा पुरै नोक्सान भइसकेकाले आफ्नो लगानी र नोक्सान भएको केरोको क्षतिपुर्ति जग्गाधनिले पुर्ति गर्नुपर्ने गिताको माग रहेको छ। गिताले २०७७ सालमा भाँडा हाल्ने शर्त भएकाले ३० हजार भाँडा बैकमा जग्गाधनि कोइरालाको नाममा भाँडा जम्मा गर्दिएको छु भने पनि यता जग्गाधनि राम्जि प्रसाद कोइराला भने आफुले ३ वर्ष हुँदा सम्म भाँडा नपाएको बताउँछन् । कोइराले आफु काठमाडौं बस्ने र कहिलेकाहिँ मात्रै आउने गरेकाले केराखेति गर्ने गितालाई कुनै रोकछेक नगरेको बताउँछन्। उल्टै आफुलाई अपशब्द प्रयोग गरेको कोइरालाको तर्क रहेको छ । “९ वर्षको सम्झौता भएको छ । आएर केराखेति गर्दा हुन्छ । ”कोइरालले बताए ।

यता कमलामाई नगरपालिकाका नगर प्रमुख मन्जु देबकोटाले भने आफुले दुबै जनालाई बोलाएर छलफल गर्ने खोज्दा कहिले कृषक गिता नआउने कहिले जग्गाधनि नआउँने बताए । कृषकलाई आत्मनिर्भर बनाउनका लागी कृषिशाखा तथा बिभिन्न संघ सँस्थाद्धारा अनुदान उपलब्ध गराइएको हुन्छ तर यस्तै विबाद भएका कारण कृषकले खेतिनै गर्ने छोड्दा लाखौँ कृषि अनुदान बालुवामा पानि हालेको बराबर भइरहेको छ ।