रामेछाप। रामेछापमा दोस्रो माझी गोल्ड कप आजदेखि सुरु हुदै छ । मन्थली नगरपालिका वडा नं. -६, कुनौरी खेल मैदानमा हुने खेलको उत्घाटन खेलकुद मन्त्री महेश्वरजंग गतहराजले गर्ने तयारी भएको छ। 

खेल उत्घाटन गर्न मन्त्री आजै रामेछाप आउने आयोजक नेपाल माझी उथान संघले जनाएको छ । आजदेखि आगामी  मंसिर २० गतेसम्म चल्ने फुटबल प्रतियोगितामा विभिन्न जिल्लाका २३ टिमको सहभागिता रहेको छ । 

खेलमा प्रथम हुने टिमले २ लाख रुपैयाँ, दोस्रो हुनेले १ लाख ५० हजार, तेस्रो हुनेले १ लाख रुपैयाँ नगद्सहित शिल्ड मेडल र प्रमाण पत्र पाउने छन् । साथै सान्तवना हुने टिमले नगद् २५ हजार प्राप्त गर्ने आयोजकले बताएको छ ।