रामेछाप। नेपाली कांग्रेस रामेछापका सभापति पूर्णबहादुर तामाङ् (कान्छाराम) ले कांग्रेसमा युवाहरुले नेतृत्व पाउनु पर्नेमा जोड दिनुभएको छ। दोरम्बा शैलुङ् गाउँपालिका कांग्रेसले राजधानीमा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै सभापति तामाङ्ले युवाहरुले नेतृत्व पाउनु पर्नेमा जोड दिनुभएको हो। 

उहाँले स्थानीय तहको निर्वाचनको लागि पार्टीले टिकट दिएको मान्छेलाई जिताउन एक भएर लाग्न पार्टीका नेता तथा कार्यकर्ता आग्रह गर्नुभयो । उहाँले ४० वर्ष मूनीका युवाहरुलाई स्थानीय निर्वाचनको लागि तयारी भएर बस्न आग्रह गर्दै ५० वर्ष भन्दामाथिका कसैलाई पनि वडाअध्यक्षको टिकट नदिने घोषणा गर्नुभयो।