काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकले ८ अर्ब बराबरको आईपिओ निस्काशन गर्ने भएको छ ।

मंसिर ३ गते बुधबार बसेको बैंकको दोस्रो वार्षिक साधारणसभाले उक्त प्रस्ताव पारित गरेको हो । नेपालको पहिलो पूर्वधार विकास बैंकको रुपमा स्थापना भएको यो बैंकको प्राथिमक शेयर हालसम्मकै धेरै रकमको आईपिओ हुने छ ।

जारी पुँजी २० अर्ब रहेको बैंकले यसको ४० प्रतिशत बराबरको आईपिओ निस्काशन गर्न लागेको हो ।