काठमाडौं । पाँच दलीय सत्ता गठबन्धनको बैठकले सरकार सञ्चालनमा सहयोग गर्न ११ सदस्यीय समन्वय समिति गठन गर्ने निर्णय गरेको छ ।

समितिमा ११ सदस्य रहनेछन् । सत्ता गठबन्धनमा रहेका दलबाट दुई–दुई जना र सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की सदस्य रहने निर्णय भएको छ । हरेक पार्टीले दुई–दुई महिना समितिको नेतृत्व गर्नेछन् । पहिलो संयोजन कांग्रेसका तर्फबाट वरिष्ठ नेता रामचन्द्र पौडेलले गर्नेछन् । हरेक बैठकमा प्रधानमन्त्री सहभागी हुने सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर  कार्कीको भनाइ छ ।

न्यायालयमा देखिएको गतिरोध र विभिन्न देशमा रिक्त राजदूत नियुक्तिका विषयमा कुनै छलफल नभएको उनले जानकारी दिए।

सोमबार साँझ प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारी निवास बालुवाटारमा बसेको बैठकले राष्ट्रिय सभाको निर्वाचन तथा उपनिर्वाचन लगायत संयुक्त निर्वाचनलाई अगाडि बढाउने तयारीका सत्ता गठबन्धनको बैठकले निर्णय गरेको मन्त्री कार्कीले बताए ।