-अनुुपा कोइराला

एक सामान्य परिवारमा पवन दाई जन्मिनु भएको थियो र उहाँमा केही गर्छु भन्ने अठोट थियो मेहनत पनि त्यही अनुसार कै गर्दै हुनुन्थ्यो त्यही शिलशिलामा झापाको गौरादह स्कुुलबाट स्कुुले जीवन पार गर्दा नगर्दै एक जना छिमेकी अंकलले चिया पसलमा गरेको गफ सुन्न पुग्नु भयो त्यहाँ अकंलले धेरैबेरसम्म रेडक्रसको बारेमा भनेको सुन्दा दाईको मनमा खै कुनी के कुरा आयो ? दाईले आमासंग आएर आमालाई भन्दै हुनुहुन्थ्यो मलाई अलिकति पैसा दिनु न आमा....म क्याम्पस पढ्न जानुभन्दा अगाडी एक स्वयमसेवी तटस्थ संस्था जहाँ विशुुद्ध स्वयमसेवा गरिन्छ र पिडामा परेका व्यक्तिहरूका मनमा मलम लगाउने काम गरिन्छ त्यही संस्थामा आजीवन सदस्य बन्छु। आमाले  ठूलो स्वरले भन्नु भयो हैन के भन्छ यो? कुन संस्था म जान्दिन पछि पढिसकेर आउनु अनि बन्नु ...सदस्य ... सदस्य...

नाई के आमा..... तपाईलाई केही याद छ ? पारी पट्टिको छिरिङ्ग गाउँमा बस्ती नै आगोले सखाप हुँदा, गहिरी खोला छेउमा बस्तीमा बाढी पस्दा, डाँडा गाउँमा पहिरो जाँदा, त्रिवेणी मेलाबाट कान्छी दिदी हराउँदा, हाम्रो गाउँमा झाडापखालाले एकदमै सताउँदा, रातदिन नभनी सेतो पृष्ठमा रातो क्रस चिन्ह लगाएर सेवा पुर्‍याउने त्यही रेडक्रस हो आमा....

मेरो मनसपटलमा ताजै छ कमला भाउजुलाई सुत्केरी हुँदा कहिकतै रगत नपाएर छटपटाएको अवस्थामा एक एक थोपा रगत सङ्कलन गरेर अमूल्य जीवन दिने रेडक्रस हो आमा ... कोरोना कहरको बेला कस्तो किसिमको रोग आयो भनेर हाम्रो समाजमा अन्यौलता छाउँदा हामी सबै आत्तिँदा विभिन्न किसिमका जनचेतना फैलाउने पनि रेडक्रस नै हो, स्कुले जीवनमा मैले वादविवाद प्रतियोगितामा पुरस्कार ल्याएको थिए नी! हो त्यो पनि जुनियर तथा यूवा रेडक्रस भनिन्छ आमा मैले रेडक्रसबाट नै पाएको हो, सूचनाबाट वञ्चित रहेको समूदायलाई हरेक तवरबाट समेट्छ, साँझ बिहान रेडियो कार्यक्रम नि बज्ने गर्छ त्यहाँ सोधिएका कति प्रश्नको जवाफ दिएर प्रशंसा पुरस्कार नी पाएको छुु नि मैले।  यस्ता धेरै कामहरू छ जब मैले शब्दमा व्यक्त गर्न सक्दिन। विपत्तिमा  सहयोग साथै हामीलाई समस्या परे पनि विशुद्ध स्वयमसेवी भावनाले समुदायमा सरसहयोग परामर्श गर्ने काम रेडक्रसले गर्छ आमा त्यसैले मलाई यी सबै कुराले मन छोएको छ, किनकिन सेतो पृष्ठमा भएको रातो क्रस (रेडक्रस) चिन्ह मेरो मन मुटमा बसेको छ आमा म रेडक्रसलाई माया गर्छुु आमा म यसको सदस्य बन्छु। 

दाई र आमाको सबै कुराहरू सुन्दा मलाई पनि रेडक्रस प्रतिका एकदमै मोह जागेर आउन थाल्यो। एतिकैमा दाई पढाइको लागि शहरतिर लाग्नु भयो, दाईको मोह देखेर म पनि प्रसन्न थिए। केही बर्षपछि दाईले नेपालको पढाईसकेर विदेश जानुभयो विदेशबाट पनि उहाँले धेरै सहयोग गर्ने गरेको देख्नथाले पछि फर्किएर नेपाल आएर उहाँले सबै कुरालाई त्याग गरेर रेडक्रसप्रति रेडक्रसका कामहरूमा लाग्न थाल्नुभयो । भोका रहेका मानिसहरूलाई एक एक मुठ्ठी चामल उठाएर भोकाको पेट भर्न लाग्नु भयो कतियौँ समयदेखि एक छाक खानाको लागी संर्घषरत रहेका पेटहरूमा खाना पुर्‍याएर भोका रहेका व्यक्तिका मुहारमा मुस्कान दिनु भयो। अझै दाईमा हौसला र उमङ्ग छाएको देखियो त्यसैगरी विपद्ले उथलपुथल बनाएको स्थलमा घरबार बिहीन भएका व्यक्तिहरूलाई सहयोग गर्न थाल्नुु भयो। 

विभिन्न यूद्धका क्रममा पा अन्य कारणले आफ्ना परीवारबाट सम्पर्क बिहीन भएका व्यक्तिहरूलाई सम्पर्कमा ल्याउने साथै, मानसिक समस्याबाट ग्रसित भएकालाई उचित परामर्श दिने, हस्पिटलमा रगतको अभावले छटपटिएकाको लागी रगत उपलब्ध गराउने, शिक्षाबाट बञ्चित रहेको समुदायमा विभिन्न किसिमका जनचेतनामुलक सन्देशहरू दिने, एम्बुलेन्सको सुविधा नहुँदा कतिपय स्थानमा ज्यान समेत गुमाएको पीडालाई देखेर सम्बन्धित निकायसँग समन्वय गरी एम्बुलेन्सको व्यवस्था गरिदिने कामहरू गर्न थाल्नु भयो।

एक दिन बाबाले दाईसँग गफ गर्दै हुनुन्थ्यो बाबु तँ मेरो बुढेशकालको आशा र भरोसा थिइस् बाबु तैले जागिर गर्नु पर्थ्यो न त स्वयम सेवाबाट तेरो पेट भरिन्छ  किन त बाबु त रेडक्रस रेडक्रस भनेर लागी परेको छस् ... छोड्दे रेडक्रस भन्न, हिड्न अब ...  

हो बाबा, जसरी तपाईले मेरो सम्पूर्ण खुसी र भरिपूर्णताको आशा गर्नुहुन्छ त्यसैगरी मानिस भएर जन्म लिएपछि सहज तरिकाले बाँच्न पाउने अधिकार मानिसमा छ, खुशी हुने र बाँच्न पाउने नैसर्गिक अधिकार छ मानिसको, त्यसैले बाबा मानवता भन्ने चिज मैले रेडक्रसमा पाए सहयोग गर्दा पनि निष्पक्षता देखेँ, केही कुरामा तलमाथि देखिन तटस्थ भेटे केही गरेबापत कुनै कुराको पनि आशा नगर्ने स्वयमसेवी भावना देखे रेडक्रसकर्मी एक्लै देखिन बाबा त्यहाँ एकता पाए, म नेपाल पढेँ विदेश गए, यहाँ मात्र हैन बाबा विश्वव्यापी रुपममा नै रेडक्रसको चर्चा देख्न सुन्नपाए मैले जे चाहेको थिए रेडक्रसमा वास्तवमै त्यसको प्रभाव पाए र अन्तत: म रेडक्रकर्मी बन्न आकुल व्याकुल भए बाबा ।

दाईको कुरा सुनेर बाबाले आफ्नो गहभरी आँसुका थोपाहरू टिलपिल पार्दै भन्नु भयो हो छोरा तिमी एक असल पुत्र रहेछौ साँच्चै रेडक्रस भनेको त एक परोपकारी संस्था रहेछ बाबु तिमीलाई रेडक्रसकर्मी भनेर स्वीकार्नु हाम्रो सौभाग्यको कुुरा हो। मलाई पनि रेडक्रसप्रति एकदमै मोह जागेर आएको छ मेरो अंशमा रहेको थोरै जग्गा म रेडक्रसलाई भवन बनाउनका लागी सहयोग प्रदान गर्छु। 

बाबु जहाँ धेरै दु:ख र पीडामा रहेका व्यक्तिहरूका लागी सहयोग गर्ने स्थान बनोस्, म मरेर गए भने पनि रेडक्रसकर्मी भनेर रेडक्रसका भित्तामा मेरा तस्विरहरू रहुन्, तिमी र म जस्ता व्यक्तिहरूले रेडक्रसमा गरेको योगदानले खालि पेट र विचल्निमा परेका ति मानिसहरूले मुस्कानका साथ रेडक्रस भनेर स्मरण गरुन् गर्भका साथ रेडक्रसकर्मी हौ भनेर विश्वभरी चिनीन सकौँ, जसरी हेनरी ड्युना अमर रहे त्यसरी नै हामी पनि अमर रहन पाउँ मेरो पनि अन्तिम आशा यहि छ बाबुु।

बाबाको कुरा सकिन नपाउँदै दाई र बाबाले एकअर्कालाई रेडक्रसकर्मीको संज्ञा दिदै आँसु खसाल्नु भएको तस्विर मेरा आँखामा जिवितै छन् । दाईको रेडक्रस प्रतिको मोहले मलाई पनि उत्प्रेरण दिएको छ म पनि मेरो मेरा जीवनकाल भरी नै रेडक्रसलाई माया,सम्मान र सहयोग गर्नेछु। रेडक्रस एउटा परोपकारी संस्था हो, यहाँ केही लिनका लागी हैन केही दिन र गर्छु भन्ने भावनाले लागी पर्ने कुरामा म विश्वस्त छुु । 

सम्पूर्ण रेडक्रसकर्मीहरूमा ५९ औँ रेडक्रस दिवशको धेरै धेरै शुभकामना! जय रेडक्रस। 

 

-लेखक कोइराला नेपाल रेडक्रस सोसाइटी मानवीय मूल्य तथा सञ्चार विभाग, कालीमाटी, काठमाडौंमा कार्यरत हुनुहुन्छ।