सिन्धुली। नेपाल कम्युनिष्ट पार्टी माओवादि केन्द्र मरिण गाउँ कमिटीको बैठक सम्पन्न भएको छ। शनिबार नेकपा माओवादी केन्द्र मरिण गाउँ कमिटी अध्यक्ष गोपाल बुढाथोकीको अध्यक्षतामा बैठक सम्पन्न भएको हो। 

माओवादी केन्द्र मरिण गाउँ कमिटिको  शनिबार आयोजित बैठकले केन्द्रद्वारा सर्कुलर भए अनुसारका वडा स्तरसम्मका सांगठनिक विस्तार र त्यसकव अध्यावधिक केन्द्रमा पठाउने निर्णय गरेको मरिण गाउँपालकाका पार्टि इन्चार्ज विमर्श मोक्तान(प्रख्यात)ले बताउनु भएको छ। बैठकले पार्टी सदस्यता वितरणलाई थप प्रभावकारी बनाएर विस्तार तथा व्यवस्थापन र सुद्रिढ गर्दै लैजाने निर्णय भएको छ। त्यस्तै बेठकले पार्टी कार्यालय निर्माणका लागि थप सहयोग अभियान सञ्चालन गर्ने निर्णय भएको गाउँपालिका इन्चार्ज मोक्तानले बताउनु भयो।

शनिबार सम्पन्न बैठकको प्रमुख आतिथ्यता सिन्धुली पार्टी कार्यालय सदस्य तथा मरिण गाउँपलिका अध्यक्ष पानीराज बम्जनले गर्नु भएको थियो। बैठकमा अग्रज नेता रामकुमार पौडेल र जिल्ला सचिवालय सदस्य काजिमान थिङ्‍को उपस्थिति रहेको थियो। बैठक सञ्चालन अध्यक्ष गोपाल बुढाथोकीले गर्नु भएको थियो।