इलाम। इलाम स्थित सूर्योदय नगरपालिकाले नयाँ आ.व. २०७८/७९ को लागि १ अर्ब २९ करोड ९१ लाख ३३ हजार ८ सय रुपैयाँ बराबरको बजेट पारित गरेको छ। नगरपालिकाको नवौं नगरसभाले विविध प्रस्तावहरु सहित बजेट पारित गरेको हो।
नगरले पारिरत गरेको बजेट मध्ये चालू तर्फ रु ६५ करोड २७ लाख ८ सय अर्थात् ५०.२४ प्रतिशत र पूँजीगत तर्फ रु ६४ करोड ६४ लाख ३३ हजार अर्थात् ४९.७४ प्रतिशत बराबरको बजेट रहेको छ। सभाले नेपाल सरकारले संघाई समूहलाई लिजमा दिएको कन्याम चिया बगानलाई स्थानीय सरकारको मातहतमा संचालन गर्न दिनुपर्ने,वडा नं १ गोर्खेलाई २ वटा वडामा विभाजन गर्ने,फिक्कलमा रहेको नेपाल विद्युत प्राधिकरणको शाखालाई वितरण केन्द्रको रुपमा स्तरबृद्धि गर्नुपर्ने,तथा नगर विकासका लागि युवा स्वंमसेवक परिचालन गर्ने लगायतका अन्य प्रस्तावहरु पारित गरेकाे छ।

