काठमाडौं । साताको पहिलो दिन शेयर बजार नेप्सेमा लागनीको ओइरो लागेको छ ।
केही समयदेखि उच्च रकमको कारोबार हुँदै आएको बजारमा आज हालसम्म कै बढी १७ अर्ब २ करोड बढीको कारोबार भएर रेकर्ड कायम भएको छ । नेपालको ईतिहासमा यति रकम कारोबार यस अघि भएको थिएन ।
कारोबार खुले देखिनै उकालो लागेको बजार बजारको अन्त्य हुने समयमा करेक्सनको विन्दुमा पुगे पनि अन्त्यमा १२ अंकले बढेर २ हजार ८ सय २७ विन्दु नाघेर बन्द भएको छ । दुई सय १९ कम्पनीको शेयर कारोबार भएको बजारमा ३ दशमलव ३५ अंकले सेन्सेटिभ इन्डेक्स बढेर ५ सय ७ दशमलव ५ विन्दुमा पुगेको छ भने फ्लोट १ दशमलव ५९ प्रतिशतले बढ्दा सेन्सेटिभ फ्लोट २ दशमलव ६ प्रतिशतले बढेको छ ।
बढ्दो बजारमा १७ कम्पनीको शेयर मूल्य पोजेटिभ सर्किट लेभलमा कारोबार भएको छ । जसमा सबैभन्दा बढी ज्योति विकास बैंकको शेयर मूल्य १० प्रतिशतले बढेको छ ।
आज कारोबारमा आएका १३ उपसमूहमध्ये ७ उपसमूह बढ्दा ६ उपसमूह ऋणात्मक बनेको छ । बढ्ने उपसमूहमा सबैभन्दा बढी विकास बैंक समूह ७ दशमलव ३९ प्रतिशतले बढेको छ भने दोस्रोमा फाइनान्स ५ दशमलव ८ तथा तेस्रोमा म्युचुअल फन्ड ३ दशमलव ८७ प्रतिशतले बढेको छ । त्यस्तै ऋणातम्क हुनेमा सबैभन्दा बढी अन्य उपसूमह २ दशमलव ४९ प्रतिशत रहँदा माइक्रोफाइनान्स उपसमूह १ दशमलव ३७ प्रतिशतले घट्न पुगेको छ ।
आज ४ करोड २६ लाख ३६ हजार ३ सय ४८ कित्ता शेयर १ लाख ७३ हजार ५ सय ३७ पटक खरिद बिक्रि भएको छ ।

