काठमाडौं। आज १४ औँ गणतन्त्र दिवस अर्थात नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल घोषणा गरेको १३ वर्ष पूरा दिन हो। यस अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपालीहरुले विभिन्न कार्यक्रम तथा शुभकामना आदानप्रदान गर्दै मनाइरहेका छन्।

वि.सं. २०६३/६३ को दोस्रो जनआन्दोलन र त्यसको जगमा भएको निर्वाचनबाट गठित संविधानसभाको पहिलो बैठकले २०६५ जेठ १५ गते नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको थियो । आज उक्त घोषणा गरेको दिन १३ वर्ष पुरा भएको छ। 

नेपालमा बरिक २ सय ४० वर्ष लामो शाहवंश राजतन्त्रको अन्त्य भएको दिनलाई प्रत्येक वर्ष गणतन्त्र दिवसका रुपमा मनाउने गरिन्छ। तर गत वर्ष र यस वर्ष कोरोना भाइरस संक्रमणको जोखिमका कारण औपचारिक समारोह आयोजना गरिएको छैन । सरकारले घरघरमा दीपावली गरेर गणतन्त्र दिवस दिवस मनाउन आह्वान गरेको छ।

त्यस्तै अमेरिकामा आज गणतन्त्र दिवस तथा सगरमाथा दिवसको अवसरमा नेपाल डे मनाउने कार्यक्रम रहेको छ।

यो पनि पढ्नुहोस्:

अमेरिकाको न्यूयोर्क राज्य सभाले जेठ १५ लाई नेपाल डे घोषणा गर्‍यो