सिन्धुली। सिन्धुलीका पाँच दलले आज राष्ट्रपति र प्रधानमन्त्रीको असंवैधानिक कदम विरुद्ध संयुक्त रुपमा प्रेस विज्ञप्ति जारी गरेको छ । आज नेकपा माओवादी केन्द्र सिन्धुलीका अध्यक्ष राजन दाहाल, नेपाली काङ्ग्रेस सिन्धुलीका अध्यक्ष उज्वल बराल, नेकपा एमाले सिन्धुलीका अध्यक्ष सुर्य पाख्रिन,जनता समाजबादि सिन्धुलीका अध्यक्ष सुरत बहादुर स्याङ्तान र राष्ट्रिय जनमोर्चा सिन्धुलीका सचिब हिरा श्रेष्ठले संयुक्त प्रेस विज्ञप्ति जारी गरेको हो ।
जेठ ७ गते मध्यराति प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले आफ्नो पदिय मर्यादाको ख्याल नगरी प्रतिगमनको दोस्रो श्रृङ्खलाको रुपमा प्रतीनिधिसभा बिघटन गरीएकोमा विज्ञप्ति मार्फत घोर भ्रत्सना गरीएको छ ।
प्रतिनिधिसभाको बिघटन गरी संविधानको धारा ७६ (५) बमोजिम शेर बहादुर देउवा लाई प्रधानमन्त्री नियुक्ति नगरेको प्रति पाँच ओटै दलले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । विज्ञप्तिमा भनिएको छ “सिंगो समुदाय कोरोनाको चपेटामा रहेको छ । अक्सिजन,भेन्टिलेटर,सिटामोल सम्म नपाएर दिनानुदिन डरलाग्दो मृत्यु खेप्नु परेको समयमा कोरोना रोकथाम तथा नियन्त्रण गर्नुपर्न सट्टा निर्बाचनको घोषणा गरेर लज्जित बनाएको छ ।”
त्यस्तै बिषम परिस्थिती सृजना गरेर जनतालाई प्रतिबाद र प्रतिरोधमा निस्कन बाध्य पारेर कोरोना थप फैलाउने प्रधानमन्त्रीको नियत भएको विज्ञप्तिमा भनियको छ । यस्तो प्रकारको गैर जिम्मेवार, बदनियतपुर्ण, अराजक, राष्ट्रघाति कदम विरुद्ध सिंगो देश ऐक्यबद्ध भएर पररास्त गर्नुको बिकल्प नभएको बताउँदै पार्टि प्रतिपंक्ति,भातृ,जनबर्गिय संगठन, मार्चाहरुलाई सशक्त भएर प्रतिरोध गर्न निर्देशन समेत गरीएको छ।
