काठमाडौं । आज साताको तेस्रो दिन नेप्सेमा करेक्सन देखिएको छ । दिनाहुँ बजारले रेकर्ड राख्दै बढेको बजार आज ६ अंकले घटेर २ हजार ८ सय १६ विन्दुमा झरेको छ । कारोबार रकम आज ११ अर्ब १३ करोड बढीको भएको छ । जुन अघिल्लो दिनभन्दा कमि हो ।
कारोबारमा आएको १३ उपसमूह मध्ये ६ उपसमूह बढेको छ भने ७ उपसमूह ऋणात्मक बनेको छ । पछिल्लो समय हाइड्रो पावरमा लगानीका आकर्षण कायमै रहेको छ । आज सबैभन्दा बढी हाइड्रो उपसमूह २ दसमलव २९ प्रतिशतले बढेको छ ।
त्यस्तै आज कारोबारमा आएको १ सय १९ कम्पनीमध्ये ४ कम्पनीको शेयरमूल्य पोजेटिभ सर्किट लेभलमा कारोबार भएको छ ।

