काठमाडौं । शेयर बजारले दिनहुँ नयाँ उचाई कायम गर्दै अगाडि अगाडि बढ्न थालेको छ । 

नेप्से परिसूचक आज ३ अंकले बढ्दै ऐतिहासिक २ हजार ८ सय २३ विन्दु पुगेको दिन कारोबार रकम पनि ऐतिहासिक १३ अर्ब १७ करोड बढीको भएको छ ।  दिनानु दिन कारोबार रकममा उछाल आइरहेको बजारमा सेन्सेटिभ  इन्डेक्स ५ सय ८ दशमलव ४९ विन्दुमा उक्लेको छ । 

दुई सय १६ कम्पनीको शेयर कारोबारमा आएको बजारमा २ करोड ७१ लाख ४० हजार २ सय २ कित्ता शेयर खरिद बिक्री भएको छ । 

त्यस्तै कारोबारमा आएको १३ उपसमूहमध्ये ५ उपसमूह बढेको बजारमा ८ उपसमूह ऋणात्मक बनेको छ । कारोबारमा आएको कम्पनीहरुमध्ये ४ कम्पनीको शेयर मूल्य पोजेटिभ सर्किट लेभलमा कारोबार भएका छन् ।