काठमाडौं । साताको पहिलो दिन आज नेप्से परिसूचक ३२ दशमलव ८१ अंकले बढ्दै २ हजार ८ सय २० विन्दुमा पुगेको छ भने यो अलटाइम हाइ रेकर्ड पनि हो । पछिल्लो समय शेयर बजारमा लगानीकर्ताहरुको उत्सहजनक उपस्थिति देखिने क्रम जारी रहेको छ । आज २ सय २० कम्पनीहरुको २ करोड ५१ लाख बढी कित्ता शेयर करिब ११ अर्ब ७० करोड बराबरमा खरिद बिक्री भएको छ ।
सेन्सेटिभ इन्डेक्स ८ दशमलव २३ अंकले बढ्दै ५ सय ७ दशमलव २० विन्दुमा उक्लेको छ ।
कारोबार खुल्नसाथ केही समय उच्चरफ्तारले ऋणात्मक बनेको बजार केही समयमा नै हरियाली हुन पुगेको बजारमा १३ उप-समूहको कारोबार भएकोमा ३ उपसमूह ऋणात्मक बन्दा बाँकी १० उप-समूह बढेको छ । आज विकास बैंक र फाइनान्स उपसमूहमा लगानीकर्ताहरु झुमिदा सबैभन्दा बढी विकास बैंक उपसमूह ७ दशमलव ५४ प्रतिशतले बढेको छ भने फाइनान्स उपसमूह ६ दशमलव ७६ प्रतिशतले बढेको छ ।
कारोबारमा आएको २ सय २० कम्पनीमध्ये १६ वटा कम्पनीको शेयरमूल्य सर्किट लेभलमा बढेको छ । जसमा कर्णली डेभलपमेन्ट र ग्रीन डभलपमेन्ट बैंकको शेयरमूल्य सबैभन्दा बढी १० प्रतिशतले बढेको छ । त्यस्तै रुरु हाइड्रो र समता माइक्रोफाइनान्सको शेयरमूल्य भने ३ प्रतिशत बढीले घटेको छ ।

