जनरल इन्स्योरेन्स कम्पनीको आईपिओमा आवेदन दिने आज अन्तिम दिन हो ।
कम्पनीको असोज ११ गतेदेखि निष्काशन भएको साधारण शेयर बिक्री वितरण आज असोज १४ गते आवेदन दिने अन्तिम दिन हो ।
कम्पनीले एक सय रुपैयाँ अंकित दरका ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता आईपीओ निष्काशन गरेको हो। लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्।
मंगलबार साँझ ५ बजेसम्म इन्स्योरेन्सको आईपीओमा ६ लाख ८२ हजार ७७२ वटा आवेदनबाट एक करोड ९१ लाख ९४ हजार ८३० कित्ता शेयरको लागि आवेदन परिसकेको छ।

