काठमाडौं । शेयरबजारमा दिनानुदिन ऐतिहासिक उछाल आइरहेको छ । एक दिन अगाडिको ऐतिहासिक करोबार रकमको रेकर्डलाई आज करिब १ अर्ब बढीले तोडेको छ । 

बजार खुले लगत्तै उकालो लागेको बजार करिब ३५ अंकले बढ्दै २ हजार ७ सय ९३ विन्दु पार गरेर बन्द भएको छ । त्यस्तै सेन्सेटिभ इन्डेक्स ४ दशमलव ६४ अंकले बढेर ४ सय ९७ दशमवल २२ विन्दुमा पुगेको छ ।

बढ्दो बजारसँगै लागानीकर्ताको पनि उत्साहजनाक आगमन हुँदा नेपालको इतिहासमा पहिलो पटक ११ अर्ब ३५ करोड माथिको कारोबार हुन सफल भएको छ ।  अन्य सबै क्षेत्रमा कोभिड-१९ को प्रत्यक्ष असर परिरहेको समयमा खुला रहेको शेयर बजारमा लगानीको ओइरो लागेको छ ।

शेयर बजारमा २ सय १५ वटा कम्पनीहरुको शेयर कारोबार भएकोमा ३४ वटा कम्पनीको शेयर मूल्य पोजेटिभ सर्किट लेभरमा कारोबार  भएको लागेको छ । जसमा ११ वटा कम्पनीको मूल्या १० प्रतिशतले बढेको छ ।  अधिकांश कम्पनीहरुको शेयर मूल्यमा वृद्धि भएपनि १८ वटा कम्पनीहरु ऋणात्मक भएको छ जसमा सबैभन्दा बढी नेपाल टेलिकम र अपर तामाकोशीको शेयर मूल्य करिब १ प्रतिशतको हाराहारीमा घटेको छ । 

आज कारोबारमा आएका १३ उपसमूह मध्ये १२ उपसमूहको शेयर मूल्य बढेको छ भने उत्पादन उपसमूह ऋणात्मक बनेको छ । केही समयदेखि कम मूल्यको शेयरमा बढी लगानीकर्ताको रुची देखिँदै आएको बजारमा कोभिड-१९ ले सिथिल होटल उपसमूहमा लगानीकर्ता खनिँदा सबैभन्दा बढी ६ दशमलव १५ प्रतिशतले यो उपसमूह बढेको छ भने हाइड्रो उपसमूहको ५ दशमलव ८६ प्रतिशतले बढेको छ ।