काठमाडौं। सरकारले सहयगको अपिल गरेपछि चीनले अनुदान सहयोगमा दिन लागेको २० हजार थान सिलिण्डरमध्ये १८ हजार थान सिलिण्डर स्थलमार्ग हुँदै तातोपानी नाका आईपुगेको नाका स्थित उच्च सरकारी अधिकारीले बताएका छन्।
उपप्रधानमन्त्री तथा सीसीएमसीका संयजक इश्वर पोखरेलका अनुसार नेपालमा अक्सिजनको चरम अभाव हुने अवस्था आएपछि चीनले दिने भएको अक्सिजन ल्याउने कार्य स्थल तथा हवाई दुवै मार्गबाट ल्याईएको बताएका छन्। उनका अनुसार अब भन्सार प्रक्रिया पुरा गरेर अक्सिजन सिलिण्डरहरू काठमाडौँ ल्याउने तयारी भइरहेको छ ।
बाँकी अक्सिजन सिलिण्डर, अक्सिजन कन्सन्ट्रेटर भेन्टिलेटर लगायतका स्वास्थ्य सामाग्री लिन नेपाल एयरलाइन्सको वाइडबडी जहाज हिजो शनिवार साँझ बेइजिङ प्रस्थान गरेको छ भने ४०० सिलिण्डर यस अघि नै नेपाल ल्याई सकेको छ।