काठमाडौं। कोभिड १९ सङ्क्रमण जोखिमको कारण जारी गरिएको निषेधाज्ञा उल्लङ्‍घन गर्ने र ड्युटीमा खटिएका ५ जनालाई प्रही नियन्त्रणमा लिएको छ। उनीहरूलाई पर्साबाट नियन्त्रणमा लिएर सार्वजनिक हित, स्वास्थ्य सुरक्षा, सुविधा र नैतिकता विरुद्दको कसूर, सङ्क्रामक रोग ऐन, २०२० बमोजिम कसूर हुने गरी कारबाही भइरहेको प्रहरीले जनाएको छ।

विश्वव्यापीरूपमा फैलिएको कोभिड-१९ रोगको सङ्क्रमण रोकथाम गर्ने उद्देश्यले जिल्ला प्रशासन कार्यालय, पर्साले २०७८।०२।०६ गतेसम्मको लागि थप जारी भएको निषेधाज्ञा कार्यान्वयन गर्ने-गराउने क्रममा बैशाख ३० गते निषेधाज्ञा उल्लङ्घन गरी खोलिएका पसल बन्द गराउने र अनावश्यक हिँड्डुल, आवतजावतमा रोक लगाउने कार्यको लागि खटिएका पिकेट, मोबाइल तथा मोटरसाइकलका गस्ती टोलीमाथि अभद्र व्यबहार गर्नेहरू जि.पर्सा वी.म.न.पा.वडा नं.१० का वर्ष २६ का साहेव शेख, जि.पर्सा पोखरिया न.पा.वडा नं.३ का वर्षा १९ का हनिफ हुसेन, पर्सा विन्दवासिनी गा.पा.वडा नं.४ का ३० बर्षका भोला प्रसाद साह, पर्सा वी.म.न.पा.वडा नं.१३ का वर्ष ३० का मोहम्द असरफ राइन र भारत विहार जि.वेतिया वैरिया वडा नं.३ का मुन्ना साहलाई प्रहरी कामकारबाहीमा अवरोध पुर्‍याई सार्वजनिक हित, स्वास्थ्य सुरक्षा, सुविधा र नैतिकता विरुद्दको कसूर एवं सङ्क्रामक रोग ऐन, २०२० बमोजिम कसूर गरेकाले नियन्त्रणमा लिई थप अनुसन्धान तथा कानूनबमोजिम कारबाही अघि बढाएको जनाएको छ।