रामेछाप। उमाकुण्ड गाउँपालिकाका अध्यक्ष शेर बहादुर सुनुवारले नयाँ भेरियन्ट सहितको दोश्रो लहरको कोभिड-१९ संक्रमण तिब्र रुपमा फैलिरहेको र त्यसले नेपालमा जनस्वास्थ्य सङ्कटकाल निम्त्याएक भन्दै यस विषम अवस्थामा जनस्वास्थ्यको मापदण्ड पूर्ण रुपमा पालना गर्न गाउँपालिका बासीमा अपिल गर्नु भएको छ। शनिबार अपिल जारी गर्दै अध्यक्ष सुनुवारले कोभिड-१९ संक्रमण रोकथाम तथा नियन्त्रणको लागि राज्य संयन्त्रको कृयाशिलता मात्रै प्रयाप्त हुने देखिदैन,तसर्थ जनस्तरबाटै हामी सबैले उच्च सतर्कता अपनाउनु पर्ने बताउनु भएको हो।

अध्यक्ष सुनुवारद्वारा जारी अपिल:

नयाँ भेरियन्ट सहितको दोश्रो लहरको कोभिड-१९ संक्रमण तिब्र रुपमा फैलिरहेको छ।संक्रमण फैलिए संगै यसबाट धेरै जनधनको क्षति भैसकेको छ,भने संक्रमण नियन्त्रणतिर जाने भन्दा पनि तिब्र रुपमा फैलदै समुदाय स्तरमानै फैलने क्रम बढ्दो छ। कोभिड-१९ संक्रमण रोकथाम तथा नियन्त्रणको लागि राज्य संयन्त्रको कृयाशिलता मात्रै प्रयाप्त हुने देखिदैन,तसर्थ जनस्तरबाटै हामी सबैले उच्च सतर्कता अपनाउदै कोभिड-१९ रोकथाम तथा नियन्त्रणमा सहयोगी भुमिका निर्वाह गर्दै जनस्वास्थ्यमा पर्ने गम्भीर असर र ठूलो जनधनको क्षति हुनबाट आफू बाच्न र अरुलाई बचाउन तपशिल अनुसार गर्नु गराउनु हुन सबैमा हार्दिक अपिल गर्दछु।

तपशिल

१. हामी जहाँ छौ,त्यही सुरक्षित बसौँ, आवतजावत तत्काललाई पुर्ण रुपमा बन्द गरौँ।
२. गाउँ घरमा पनि एकै स्थानमा भेला भइ नबसौ,आफ्नो घर र घरको सेरोफेरोमा सुरक्षित बसौ,अरुको घरमा आउने जाने नगरौँ।
३. अनावश्यक काममा घर बाहिर ननिस्कौ,निस्कनै पर्ने भए जनस्वास्थ्यको मापदण्डको पुर्ण पालना गरौँ।अनिवार्य मास्क लगाउ,भौतिक दुरि कायम गरौँ।
४. निर्माणकार्य गर्दा मानवीय संबेदनसिलतालाई मध्यनजर गर्दै कोभिड-१९ संक्रमण फैलन सहयोग पुग्ने खालको कुनै पनि गतिविधि नगरौँ।कामदार आवतजावत तत्काललाई बन्द गरौँ।
५. ब्यापार ब्यबसाय तत्काललाई बन्द गरौँ,अत्यावश्यक सामग्री बिक्री बितरणको लागि तोकिएको समयमा मात्रै जनस्वास्थ्यको मापदण्डको पुर्ण पालना गरि बिक्रि बितरण गरौँ।
६. कोभिड-१९ संग मिल्दोजुल्दो लक्षण सहित बिरामी परेमा गाउँपालिका,नजिकैको स्वास्थ्य संस्था र प्रहरी युनिटमा खवर गरौँ।
७. pcr को लागि स्वाब संकलन भए पश्चात नतिजा नआए सम्म सुरक्षीत रुपमा होम क्वारेन्टाइनमा बसौ।
८. CCMC र DCCMC ले जारी गरेको आदेश तथा सूचनाहरुको पुर्ण पालना गरौँ।
९. कोभिड-१९ संक्रमण नियन्त्रणमा कृयासिल स्वास्थ्यकर्मी,सुरक्षाकर्मी,कर्मचारी ,जनप्रतिनिधि तथा सामाजिक संघ संस्थाहरुलाई आवश्यक सहयोग गरौँ।

कोभिड-१९ संक्रमण रोकथाम तथा नियन्त्रणको लागि आम नागरिक र सबै क्षत्रको सहयोगको अपेक्षा गरेको छु।