काठमाडौं। गैरआवासीय नेपाली संघ र नेपाली दूतावास ओमानको सहकार्यमा सहयोगको अक्सिजन लिन नेपाल एअरलाइन्सको विमान त्यसतर्फ प्रस्थान गरेको छ। विमान आज विहान ७:३० बजे त्यस तर्फ उडेको हो। सहयोग स्वरुप प्राप्त हुने करिब ६०० थान अक्सिजन सिलिन्डर लिएर विमान आजै साँझ ६ः४० नेपाल आइपुग्ने छ।

त्यस्तै अक्सिजन र अक्सिजन कन्सन्टेटर लिन नेपाल एअरलाइन्सको वाइडबडी जहाज आज राति ११ बजे बेइजिङ जाने भएको छ। जहाजले ४ सय थान सिलिण्डर, ४ सय थान अक्सिजन कन्सन्टेटर र अन्य चिकित्सा सामग्री नेपाल ल्याउने बताइएको छ।

चीनले नेपाललाई २० हजार थान अक्सिजन सिलिण्डर अनुदानमा दिने घोषणा अनुसारको अक्सिजन लिन त्यस तर्फ जान लागेको हो।