बुटबल। गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल परीक्षण उडानका लागि तयार भएको बिमानस्थल निर्माण आयोजना आईसीबी टु का प्रमुख प्रविण न्यौपानेले बताएका छन् । उनका अनुसार विमानस्थलमा विमान उडान र अवतरणका लागि निर्देशित गर्ने धावनमार्ग, टावरलगायतका क्षेत्रमा जडान भएका उपकरणले काम गरेका छन् या छैनन् भनेर परीक्षण गर्ने हो ।
प्रमुख न्यौपानेका अनुसार उक्त कार्यका लागि जहाज नै उडान तथा अवतरण गरेर परीक्षण गर्नेपर्ने हुन्छ। उनका अनुसार चैत दोस्रो सातामै विमानस्थलको टावर, धावनमार्गलगायतका क्षेत्रमा आबश्यक सबै विद्युतिय उपकरणहरु जडान गर्ने काम भएको बताए।
परीक्षण उडानका लागि तयरी जुटाउँदै गर्दा कोरोना भाइरसको दोस्रो चरणको संक्रमणको जोखिम बढेसँंगै अहिले सो काम रोकिएको बताए। प्रमुख न्यौपानेका अनुसार अब अन्तर्राष्ट्रिय उडान खुल्न साथ परीक्षणको काम शुरु हुनेछ।
- गोरखापत्र

