काठमाडौं। नेपाल टेलिकमले कोभिड १९ का कारण जारी भएको निषेधाज्ञालाई लक्षित गरेर लकडाउन स्टे कनेक्टेड अफर ल्याएको छ। यो अफर बैशाख ३१ गते आजबाट एक महिनाका लागि मान्य हुने टेलिकमले जनाएको छ। 

टेलिकमको लकडाउन स्टे कनेक्टेड अफरमा अनलिमिटेड डे डाटा प्याकेज र रिचार्जमा डाटा बोनस उपलब्ध गराउने जनाएको छ। जसमा अनलिमिटेड डे डाटा प्याक अफरमा २४ घण्टाका लागि ३९ रुपैयाँमा खरिद गर्न सकिनेछ भने सि्पड १ एमबीपीएससम्म हुनेछ। 

त्यस्तै मोबाइलमा रिचार्ज तर्फ २०० देखि ४९९सम्म रिचार्ज गर्दा ५०० एमबी डाटा बोना दिने टेलिकमले जनाएको छ। उक्त डाटा दुई दिनसम्म प्रयोग गर्नुपर्ने हुन्छ। त्यस्तै, ५०० वा सोभन्दा बढी रकम रिचार्ज गर्दा १०२४ एमबी डाटा उपलब्ध गराइनेछ र उक्त डाटा ४ दिनभित्र प्रयोग गर्नुपर्ने छ।