काठमाडौ।जिल्ला कोभिड -१९ संकट व्यवस्थापन केन्द्रले गरेको सिफारसलाई आधार मान्दै उपत्यकाको तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको आज बसेको बैठकले उपत्यकामा थप १५ दिन निषेध आदेश कायम राख्ने निर्णय गरेको छ। प्रजिअहरूको ंमङ्गलबारको बसेको बैठकले त्यस्तो निर्णय गरेको हो।

उपत्यकामा १५ दिनका लागि निषेध आदेश थप गरिएसँगै जेठ १३ गतेसम्म निषेध आदेश लागू हुने भएको छ।

यस अवधिमा थप गरिएको निषेध आदेश थप कडाई गरिने भएको, बैठकले राष्ट्रिय प्राथमिकताको विकासका आयोजनाहरूको लगायतको कामसमेत रोक्ने निर्णय भएको बताएका छन्। कोभिड १९ सङ्क्रमणको चेन ब्रेक गर्न कडाईका साथ निषेध आदेश जारी गर्न लागिएको हो

बैठकले विवाह, ब्रतबन्ध, पार्थी लगायत सबै खाले भोजभतेरका कार्यक्रम रोक्ने निर्णय गरेको छ।