काठमाडौं। जिल्ला कोभिड -१९ संकट व्यवस्थापन केन्द्रले उपत्यकामा थप १५ दिनसम्म निषेधाज्ञा कायम राख्न सिफारिस गरेको छ। व्यवस्थान केन्द्रले उपत्यकाको नगरप्रमुखहरूसँग सोमबार गरेको छलफल गरेर थप १५ दिनसम्म निषेधाज्ञा जारी राख्न सिफारिस गरेको हो। 

विश्वभर फैलिएको नयाँ भेरिएन्टसहितको कोभिड -१९ को सङ्क्रमले पछिल्लो समय भारत र नेपालमा प्रत्यक्ष प्रभाव पारिहेको छ। त्यस्तै उपत्यकामा हालसम्मकै उच्च सङ्क्रमण बढिरहेको र स्वास्थ्य संस्थाहरू, अस्पतालहरूमा विरामीले बेड पाउन समस्या भएकाले थप स्थिति विकराल हुने अवस्थालाई मध्यनजर गर्दै निषेधाज्ञा थप १५ दिन कायम राख्न सिफारिस गरिएको हो।