काठमाडौं। संवैधानिक परिषद्को आईतबार बसेको बैठकले नेपालको विभिन्न संवैधानिक आयोगको रिक्त रहेका पदहरूमा नियुक्तिका लागि सिफारिस गरेको छ। आईतबार सिफारिस गरिएका पदाधिकारहरूको नाम सार्वजनिक गरेको थिएन, त्यसलाई आज लिपीवद्ध गरी सार्वजनिक गरेको छ। 

लोक सेवा आयोग 

लोक सेवा आयोगको अध्यक्षमा माधवप्रसाद रेग्मी (झापा), सदस्यहरूमा बीरबहादुर राई(इलाम), उदय सिलवाल(ललितपुर) र मञ्जु कुमारी (महोत्तरी) । अख्तियार दुरुपयोग अनुसन्धान आयोग रिक्त आयुक्तमामा डा. हरि पौडेल र डा सुमित्रा श्रेष्ठलाई सिफारिस गरेको छ। निर्वाचन आयोगको रिक्त सदस्यमा सगुनशम्शेर जबरा (रुपन्देही) लाई सिफारिस गरेको छ। 

प्राकृतिक स्रोत तथा वित्त आयोग

प्राकृतिक स्रोत तथा वित्त आयोगका सदस्यमा विपिनराज निरौला (पाँचथर) र सुधाकुमारी झा (धनुषा) लाई सिफारिस गरेको छ।

राष्ट्रिय महिला आयोग र दलित आयोग

राष्ट्रिय महिला आयोगको रिक्त सदस्यमा जया घिमिरे (धनुषा) र सावित्राकुमारी शर्मा तिवारी(पर्वत) लाई सिफारिस गरिएको छ। राष्ट्रिय दलित आयोगका सदस्यमा सुन्दर पुर्कुटी (काठमाडौं) लाई सिफारिस गरेको छ।

राष्ट्रिय समावेशी आयोग

राष्ट्रिय समावेशी आयोगका अध्यक्षमा डा. रामकृष्ण तिमिल्सेना (कास्की) र सदस्यमा पुष्पराज तिमिल्सिना (पर्वत) र मानप्रसाद खत्री (बझाङ) लाई सिफारिस गरिएको छ।

आदिवासी जनजाति, मधेशी र थारु आयोग

आदिवासी जनजाति आयोगका सदस्यमा सूर्यबहादुर गुरुङ (खोटाङ) लाई सिफारिस गरेको छ। मधेशी आयोगका सदस्यमा आभा कुमारी (सप्तरी) लाई सिफारिस गरेको छ। 

थारु आयोगका सदस्यमा डा. उमाशङ्कर चौधरी (नवलपरासी) र मुस्लिम आयोगका सदस्यमा मोहमद सम्सुल हक (सर्लाही) सिफारिस गरेको छ।

यो पनि पढ्नुहोस्:

लोक सेवा आयोगको अध्यक्षमा माधव प्रसाद रेग्मी सिफारिस