काठमाडौं। संवैधानिक परिषद्को आज बसेको बैठकले लोक सेवा आयोगको अध्यक्षमा पूर्वसचिव माधवप्रसाद रेग्मीलाई सिफारिस गरेको छ। आइतबार बसेको बैठकले आयोगको अध्यक्षमा रेग्मीको नाम सिफारिस गरेको हो ।
देउवा निकट मानिएका रेग्मीलाई संवैधानिक परिषद्को बैठकले नियुक्त गरेको हो, तथापी उनी भने संवैधानिक परिषद्को बैठकमा सहभागी भएका छैनन्। परिषद्ले सिफारिस गरेका नाम संसदीय सुनुवाइ समितिमा सुनुवाई सकिएपछि संसदले अनुमोदन गरेपछि राष्ट्रपतिबाट नियुक्त हुने व्यवस्था छ।
लोक सेवा आयोगका पदाधिकारीहरू पद गत चैतदेखि नै खाली रहेको छ।

