सिन्धुली। राष्ट्रिय युवा संघ नेपाल सिन्धुलीको आयोजनामा नयाँ भेरिएन्ट सहित फैलिरहेको कोरोना(कोभिड -१९) सङ्क्रमण रोक थाम र नियन्त्रणका लागि सिन्धुलीमाढी स्थित लोकतान्त्रिक चौरमा हेल्प डेस्क सञ्चालन गरी स्वास्थ्य सामग्री वितरण गरेको छ। राष्ट्रिय युवा संघ सिन्धुलीले शुक्रबार बिहान हेल्प डेस्क स्थापना गरी सामग्री वितरण गरेको हो।
राष्ट्रिय युवा संघले कोभिड -१९ बाट बच्न र सङ्क्रमण हुन नदिन अनिवार्य मास्क प्रयोग गर्नुपर्ने भएकाले "मास्क लगाऔँ कोभिड -१९ बाट आफू बचौँ र अरुलाई पनि बचाऔँ" भन्ने अभियानका साथ मास्क सेनिटाइजर लगायतका स्वास्थ्य सागम्री वितरण गरेको हो।
युवा संघले आज बिहान ७ बजे बाट बिहान १० बजेसम्म १ सय जना सर्बसाधरण, दुई वटा सार्बजनिक शौचालयमा सौच गर्न आउने ब्यक्तिका लागि त्यस्तै जिल्ला ट्राफिक कार्यलय सिन्धुली र नगर प्रहरिलाई लाई माक्स र स्यानिटाइजर उपलब्ध गराईएको बताइएको छ।
हेल्प डेस्क सञ्चालनका क्रममा प्रदेश सभा सांसद् तथा ने.क.पा. एमाले पार्टी अध्यक्ष प्रदिप कटुवाल, राष्ट्रिय युवा संघ नेपाल सिन्धुलीका अध्यक्ष देवराज वाइबा, अखिल अध्यक्ष कृष्ण मोक्तान लगायतको उपस्थिति रहेको थियो।