काठमाडौं । मन्त्रिपरिषद् पनर्गठन बारे चर्चा चलिरहेको बेला प्रधानमन्त्री निवासमा नेकपाका अध्यक्षद्वयबीच भेटवार्ता हुने भएको छ । अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको भेटमा मन्त्रिपरिषद् र संवैधानीक परिषदका पदाधिकारीहरुको नियुक्तिका विषयमा छलफल हुने बुझिएको छ । 

 

 

नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले मन्त्रिपरिद् पुनर्गठनका लागि गृहकार्य थालिसकेका बेला दुई अध्यक्षबीच भेटघाट भएको हो । जसमा नेकपाका सचिवालयमा धेरै नेताहरुको फरक फरक धारणा आएपछि दुई अध्यक्षबीच छलफलका लागि भेटघट गरेका हुन् ।