काठमाडौं। उपप्रधानमन्त्री ईश्वर पोखरेलले सरकारले तोकेको भन्दाबढी शुल्क लिने निजी अस्पताललाई कारबाही हुने चेतावनी दिएका छन्। बिहीबार सिंहदरबारस्थित सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उपप्रधानमन्त्री पोखरेलले निजी अस्पतालहरूले सरकारले तोकेको भन्दा बढी दस्तुर लिएको भेटिए कारबाही हुने बताएका हुन्।
उनका अनुसार ‘निजी अस्पतालमा सरकारले तोकेको दस्तुर अनुसार नै उपचार हुनुपर्छ। त्यो भन्दा फरक भएको भन्ने सूचना पाएका छौँ, काठमाडौंका विभिन्न नामका अस्पतालले मनपरी ढङ्गले रकम लिएको भन्ने गुनासो आएपछि जिल्ला प्रशासन कार्यालय, काठमाडौंले चेतावनी दिइसकेको छ, यदि त्यस्तो भेटिए कारबाही हुन्छ’।
सरकारी अस्पतालमा सबै कोरोना संक्रमितहरुको निःशुल्क उपचारको व्यवस्था गरिएको उहाँले बताउनुभयो ।