बेलायत। भूतपूर्व गोर्खा सैनिक विष्णु गुरुङ लण्डन स्थित बरो अफ हान्स्लो काउन्सिलको मेयर पदमा निर्वाचित भएका छन्। काउन्सिलर र डेपुटी मेयर समेत भइसकेका गुरुङ यस पटक निर्वाचनमा लेबर पार्टीको तर्फबाट चुनावी प्रतिस्पर्धाबाट मेयर बनेका हुन्।

नेपालको गोर्खा जिल्लाको बार्पाक, सुलिकोट गाउँपालिका सौर्पनी ४, फुन्चोकमा जन्मीएका पूर्व ब्रिटिश गोर्खा स्टाफ सार्जेंट बिष्णु बहादुर गुरुङ्ग गोरखा ब्रिटिश सशस्त्र सेनाको ब्रिगेड बाट सन् १९९५ मा सेवा निर्वृत भएका थिए। सेवा निवृत जीवन बस चालकको रुपमा रहेक उनी लेबर पार्टीमा आबद्ध भएका हुन्।

भू.पु. गोेर्खा सैनिक गुरुङ सन् २०१४ मा लण्डन बरो अफ हान्स्लो काउन्सिलको ह्यान्वर्थ वार्डमा लेबर पार्टीको तर्फबाट काउन्सिलर पदमा निर्वाचित भएका थिए। सोही वर्ष उक्त काउन्सिलमा उप-मेयर पदमा समेत निर्वाचित भए । सन् २०१८ मा ह्यानवर्थ वार्डको काउन्सिलर पदमा पुन निर्वाचीत भएका गुरुङ मे ४ तारिकमा लण्डन वरो अफ हान्स्लोको मेयर पदमा निर्वाचित भएका हुन्।

मेयरमा निर्वाचित भएपछि गुरुङले भने ‘यो जित म, मेरो जन्मभूमि र समस्त नेपालीको जित हो’, मैले आफ्नो योगदान र अनुभवले मेयरको जिम्मेवारी पाएको छु, यो कम चुनौतीपूर्ण छैन्, ‘तर, म मेरो दायित्वबाट कत्ति विचलित नभइ स्थानीय जनताको विश्वास जितिरहने छु। ‘म वास्तवमा बहु-सांस्कृतिक, बहु भाषिक,समुदायसँग काम गर्न उत्सुक र स्थानीय वासिन्दाको जीवनस्तर उकास्न समर्पित रहनेछु ।'

उनले लण्डन बराे अफ हाउन्स्लोको ५६औं मेयरम हुन्।