सांकेतिक तस्विर

रामेछाप। रामेछाप जिल्लास्थित उमाकुण्ड गाउँपालिका -२ बाम्तिको लहरेटोलमा  गयराति आगलागीमा परी एक दम्पतीले ज्यान गुमाएका छन्। लहरे टोलमा मनोहर कार्कीको घरमा आगलागि हुँदा दम्पतीको मृत्यु भएको हो।

आगलागीमा परी मनोहर कार्कीको ७८ वर्षिया बुबा धनबहादुर कार्की र ६८ वर्षिया आमा सीता कार्कीको ज्यान गएको रामेछापका प्रहरी नायब उपरीक्षक नवराज ढुङ्गानाले जानकारी दिएका छन्। मध्यराति भएको घरमा एक्कासी आगलागी भएकाले मनोहर कार्की उहाँकी श्रीमती कल्पना कार्की र ३ वर्षीया छोरी स्मारिका कार्की घरको ढोका फुटाएर बाँच्न सफल भएपनि आफ्ना बुबा आमालाई जोगाउन नसकेको प्रहरीले जनाएको छ।