काठमाडौं। सरकारले आगामी जेठ र असारमा हुन  लागेको १२औँ राष्ट्रिय जनगणना स्थगित गर्ने निर्णय गरेको छ। आइतबार (हिजो) बसेको मन्त्रिपरिषद् बैठकले कोभिड १९ सङ्क्रमण जटिल बन्दै गएकाले जनगणनाका कार्यक्रम स्थगित गर्ने निर्णय गरेको हो।

१२ औँ राष्ट्रिय जनगणनाको नियमित कार्यक्रम अनुसार आागमी बैशाख २५ गतेदेखि नै सुपरीवेक्षहरूले प्रत्येक घरधुरीमा पुगेर तथ्याङ्कका आधारभुत कुराहरू सङ्कलन गर्ने कार्यक्रम रहेको थियो। त्यस्तै जेठ २५ देखि असार ८ गतेसम्म गणहरू प्रत्येक घरदैलोमा पुगि तथ्याङ्क सङ्कलन गर्ने कार्यक्रम रहेको थियो। हाल, देशभर सुपरिवेक्षकको तालिम चलिरहेको छ भने गणकहरूको छनौटको नतिजा आउने क्रम जारी छ।

कोभिड १९ सङ्क्रमण ह्वात्तै बढेपछि हिजो सङ्क्रमण नियन्त्रणका लागि आवश्यक निर्णय लिन बसेको मन्त्रि परिषद् बैठकले जनगणना स्थगित गर्ने निर्णय गरेको हो।