काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकाललाई काेभिड १९ सङ्क्रमण पुष्टि भएकाे छ। उनले आफूसहित आफ्नी श्रीमती इन्दिरा फुयाँललाई पनि सङ्क्रमित भएको जनाएका छन्।

उनले आज एक ट्वीट गर्दै आफू र श्रीमतीलाई कोरोना भाइरसको सङ्क्रमण भएको जनाएका हुन् ।