काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा ७ हजार २ सय ११ जनामा कोभिड १९ सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालय नियमित प्रेस ब्रिफिङ् मार्फत उक्त सङ्क्रमित थपिएको जनाएको हो।
मन्त्रालयका अनुसार पिसिआर र एन्टिजेन्ट बिधिबाट क्रमश १६ हजार १ सय ४७ र ७४ जनामा गरिएको परीक्षणमा ति सङ्क्रमित पुष्टि भएको जनाएको छ। त्यस्तै, कोरोना सङ्क्रमका कारण पछिल्लो २४ घण्टामा २७ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।