रामेछाप जिल्लाको फर्पु मतदान केन्द्रमा बिहान ७:०० बजे देखि मतदान सुरु भएको छ । ८० बर्षिया लाल बहादुर सुनुवारबाट मतदान सुरुवात भएको  मतदान केन्द्र (क) का मतदान अधिकृत जगदीश बस्नेतले बताउनु भयो । 

मतदानकेन्द्र (क) र (ख) गरि   फर्पुमा बिहान १०:०० बजे सम्म लगभग ३०० जनाले मतदान गरेको जनाइएको छ । मतदान शान्तिपूर्णढंगले भईरहेको मतदान केन्द्र (ख) को अधिकृत देवेन्द्र प्रसाद घिमिरेले बताउनु भयो । मतदानको लागि मतदाताहरुको बिहानै देखि सक्रियताका साथ सहभागीता रहेको छ ।