काठमाडौं। उपत्यका कोभिड १९ फैलिएसँगै गरिएको निषेध आदेश थप कडाई गरिने भएको छ। समाचार सङ्कलनका लागि हिड्ने पत्रकारहरूलाई सूचना तथा प्रसारण विभागले जारी गर्ने प्रेस कार्ड अनिवार्य गरेको छ।

कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठकले सूचना तथा प्रसारण विमागले जारी गरेको प्रेस पासले मात्रै पत्रकारलाई हिंड्न दिने निर्णय गरेको हो। यसअघि सम्बन्धित मिडिया हाउसकै परिचयपत्रको आधारमा समाचार सङ्कलन गर्दै आएको भएपनि सीसीएमसीको बैठकले विभागले जारी गरेको प्रेस कार्ड अनिवार्य गरेको हो।

सीसीएमसीको बैठकले ‘मिडिया हाउसको कार्ड देखाउँदा दुरूपयोगको सम्भावना धेरै देखिएकाले कडाइ गर्नका लागि उक्त निर्णय गर्नु परेको जनाएको छ।

उपत्यका बाहिरको हकमा जिल्ला प्रशासन कार्यालयको पासले आवतजावत गर्न पाउने व्यवस्था गरिएको छ।