श्री नेवाः सम्पर्क समूहको ११ औँ अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट विष्णु कुमार श्रेष्ठको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा निर्वाचित भएको छ । 

नव–निर्वाचित पदाधिकारीहरूमा उपाध्यक्ष भीम बहादुर श्रेष्ठ, सचिव हिमाल श्रेष्ठ, सह–सचिव केशर बहादुर श्रेष्ठ तथा कोषाध्यक्ष भम बहादुर श्रेष्ठ रहनुभएको छ । त्यसैगरी सदस्यहरूमा चिना श्रेष्ठ (श्रीजना), ओम बहादुर श्रेष्ठ (रामकृष्ण), शेर बहादुर श्रेष्ठ, राम बहादुर श्रेष्ठ, सुन्तली श्रेष्ठ, राम बहादुर श्रेष्ठ, राजेन्द्र श्रेष्ठ तथा दिनेश कुमार श्रेष्ठ निर्वाचित भएका छन ।

होटल ए वान भ्येनु, कोटेश्वरमा सम्पन्न अधिवेशनको अध्यक्षता रामकुमार श्रेष्ठले गरेका थिए । बागमती प्रदेश संस्कृति तथा पर्यटन मन्त्री सुरेश श्रेष्ठको प्रमुख आतिथ्ता रहेको कार्यक्रममा विभिन्न क्षेत्रका विशिष्ट ब्यक्तीहरुको उपस्थिती रहेको थियो । अधिवेशनको अवसरमा श्री नेवाः सम्पर्क समूहको स्मारिका २०८२ को पनि विमोचन गरिएको थियो ।

अधिवेशनका केही तस्विरहरु तल राखिएको छ ।