ललितपुर महानगरपालिका–१७, भेल्पा मार्ग, बाफल ग्वार्खोमा निर्मित श्री नेवाः सम्पर्क समूह रामेछापको आफ्नै भवन आज विधिवत् रूपमा उद्घाटन गरिएको छ ।

ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनको प्रमुख आतिथ्यतामा भवनको उद्घाटन गर्नुका साथै भवन निर्माणमा सहयोग पु¥याउने सम्पूर्ण चन्दादाताहरूको नाम अंकित मार्बल शिलालेख पनि विधिवत् रूपमा अनावरण गरिएको थियो । कार्यक्रममा उपस्थित अतिथि बक्ताहरूले संस्थाको नयाँ भवन निर्माणले नेवाः समुदायबीच एकता, सहकार्य र सामाजिक विकासलाई थप मजबुत बनाउने विश्वास व्यक्त गर्नुभयो ।

भवन निमार्णको लागी तत्कालीन संस्थाका अध्यक्ष केशरबहादुर श्रेष्ठको कार्यसमिति टिमले २०६४ सालमा जग्गा खरिद गरेको थियो । हाल रामकुमार श्रेष्ठ (दिनेश) को नेतृत्वमा रहेको कार्यसमितिले कृष्णबहादुर श्रेष्ठकोे नेतृत्वमा भवन निर्माण समितिका बनाई संस्थाको भवन निमार्ण कार्य सम्पन्न गरेको हो ।

कार्यक्रममा संस्थाका अध्यक्ष रामकुमार श्रेष्ठ (दिनेश)ले भवन निमार्णमा महत्वपुर्ण सहयोग पु¥याउने नवराज श्रेष्ठ, शम्भुकुमार श्रेष्ठ, रत्नप्रसाद गौतम, कृष्णबहादुर श्रेष्ठ लगायत सम्पूर्ण सहयोगी दाताहरूले आफ्नो समय, श्रम र आर्थिक सहयोग मार्फत समाजसेवामा पु¥याएको योगदानको खुलेर प्रशंसा गरेका थिए ।