काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा ५ हजार ७ सय २७ जनामा कोभिड १९ सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार पीसिआर बिधिबाट १५ हजार ३ सय ९१ जनामा गरेको परीक्षणमा ५ हजार ६ सय ५७ जना सङ्क्रमित फेला परेको र एन्टिजेन बिधिबाट ५ सय २५ जनामा गरिएको परीक्षणमा ७० जनामा कोभिड १९ सङ्क्रण पुष्टि भएको जनाएको हो।
मन्त्रालयले सङ्क्रमितमध्ये ३ सय ३१ जना आईसीयूमा र १ सय १५ जना भेन्टिलेटरमा रहेको जनाएको छ। त्यस्तै, कोभिड १९ को सङ्क्रमणबाट नेपालमा पछिल्लो २४ घण्टामा ३३ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।