नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक पदमा पदोन्नति भएका प्रहरीलाई महानिरीक्षक चन्द्रकुवेर खापुङ्गले आज दज्र्यानी चिह्न प्रदान गर्नुभएको छ ।
    
नेपाल प्रहरी प्रधान कार्यालयमा आज आयोजित समारोहबीच उहाँहरूलाई दज्र्यानी चिह्न प्रदान गरिएको हो । दज्र्यानी चिह्न प्राप्त गर्नुहुनेमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू सुशीलसिंह राठौर, उमाप्रसाद चर्तुवेदी, हिमालयकुमार श्रेष्ठ र डम्बरबहादुर विक रहनुभएको छ । नेपाल मन्त्रिपरिषद्को बिहीबारको बैठकबाट उहाँहरूलाई बढुवा र पदस्थापनको निर्णय भएको थियो ।
    
प्रहरी महानिरीक्षक खापुङ्गले विगतमा भएका कमी कमजोरीको विश्लेषण गरी अझ परिष्कृत र नागरिकमैत्री प्रहरी सेवा प्रदान गर्न उच्च मनोबलका साथ कार्य सम्पादन गर्न उपस्थित प्रहरी कर्मचारीहरूलाई निर्देशन दिनुभयो ।